रास्वपाका नेताहरुविरुद्धको अवहेलना मुद्दामा मंगलबार सुनुवाइ हुँदै
मङ्गलबार, २५ मङ्सिर २०८१, ११ : २९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंगलबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको हो । पेसीको पालो ‘ग’ नम्बरमा परेको छ ।
यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश भएको थियो । निवेदकले उक्त भाषण उतार गरेर बुझाएपछि सुनुवाइका लागि पेसी तोकिएको हो ।
सुरुमा अवहेलना निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठ विरुद्ध इजलासमा निवेदन दिएपछि दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?