सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने
मङ्गलबार, २५ मङ्सिर २०८१, १० : ५८
![सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने](https://npcdn.ratopati.com/media/news/sanima-mai-hydropower_5QTdtZOD94.jpg)
काठमाडौँ । सानिमा हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले सो बराबरको बोनस शेयर र त्यसका लागि कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने निर्णय गरेको हो । सो बापत करिब ३४ करोड रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित लगायतका एजेन्डासहित आगामी पुस २८ गतेका लागि साधारण सभा समेत बोलाएको छ । साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनी किताब खाता बन्द गर्ने निर्णय समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमडी/एमएस/एमडीएसको सिट संख्या थप गर्ने निर्णयको स्वागत
-
जुम्लामा लगातार दोस्रो भूकम्प
-
जर्मनीमा रेल र ट्रक जुधे : एक जनाको मृत्यु, २५ घाइते
-
अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ: मुख्यमन्त्री आचार्य
-
शुभमन गिलले तोडे हासिम अमलाको कीर्तिमान
-
सत्ता सहयात्रीसँग छलफल नै नगरी अध्यादेश ल्याउनु कमजोरी: कांग्रेस महामन्त्री