सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
माओवादीको परिपत्र

‘नेता–कार्यकर्ता प्रदेश र केन्द्रमा केन्द्रित हुँदा माओवादीको स्थानीय संगठन कमजोर’

मङ्गलबार, २५ मङ्सिर २०८१, ११ : ५८
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको स्थानीयस्तरका संगठनात्मक कार्यहरू कमजोर भएको निष्कर्ष निकालेको छ । पार्टीका नेता कार्यहरूको ध्यान प्रदेश र केन्द्रतर्फका माथिल्ला कमिटीमा केन्द्रित हुने प्रवृत्ति देखिएकाले स्थानीयस्तरका कमिटी कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो । 

मंसिर २० गते बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहका समितिहरूको कार्यालय–पदाधिकारी गठन गर्दा महिला, दलित र मुस्लिम (समुदाय भएको  स्थानमा) लाई प्राथमिकताका साथ समावेश गर्न निर्देशन दिएको छ । 

सोही निर्देशनसहितको सर्कुलरमा आवधिक निर्वाचनहरूको स्थितिलाई ध्यानमा राखी पार्टी संगठनको बिस्तार गर्दा स्थानीय स्तरमा जोड दिनुपर्ने आवश्यकता रहेको औँल्याइएको एक नेताले बताए । 

‘तर पार्टी नेता–कार्यकर्ताहरूको वर्तमान स्थिति हेर्दा स्थानीय  समितिहरूमा भन्दा पनि केन्द्र र प्रदेश लगायतका माथिल्ला समितिहरूमा केन्द्रित हुने प्रवृत्ति बढिरहेको  देखिन्छ । त्यसले गर्दा स्थानीयस्तरका पार्टी समितिहरूका संगठनात्मक कार्यहरू कमजोर हुँदै गइरहेको सर्कुलरमा भनिएको छ’, ती नेताले भने । 

यो स्थितिलाई सुधार गर्नका लागि स्थानीय पार्टी  अधिवेशनहरूले पार्टी केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्य लगायतका माथिल्ला समितिका सदस्यहरूको जनस्तरसम्म संगठन बिस्तारका कार्यहरूमा जोडिने गरी कार्यविभाजनको गर्नेबारे आवश्यक  सुझाव पठाउन समेत माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको एक नेताले बताए । 

माओवादीले स्थानीयस्तरको अधिवेशनहरू मंसिरभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप