सात सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : रामवरण यादव
मङ्गलबार, २५ मङ्सिर २०८१, ०९ : २४

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धि प्राप्त भएको बताएका छन् ।
जनकपुरधाममा महेन्द्रनारायण निधिको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप आफू जस्तो सामान्य व्यक्ति राष्ट्रपति बनेको स्मरण गरे ।
उनले ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताए । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको उनको भनाइ थियो ।
उनले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेकोले यसको रक्षामा ध्यान दिन’पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ