‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरू
काठमाडौँ । ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु भएको छ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित आजदेखि सुरू भएको महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुनेछ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सव उद्घाटन गर्दै मानवअधिकार संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि चलचित्र प्रभावकारी माध्यम रहेको बताए ।
उनले भने, “हामी मानवअधिकार विषयलाई चलचित्रमा कसरी अटाउन सकिन्छ भनेर यस किसिमका कार्यक्रम गरिरहेका छौँ । समाजमा कानुनले बन्देज गरेको बालविवाह, महिला हिंसा, जातीय विभेद् जस्ता अपराधका शृङ्खला रोकिएका छैनन्, यसकारण मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा चलचित्रको महत्वपूर्ण भूमिका रहन्छ ।”
महोत्सवको उद्घाटनमा चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ देखाइएको थियो । महोत्सवमा मानवअधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी आयोजना गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।
उनले महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरू ‘अल वी इमाजिन एज लाइट’, ‘द म्यान हू कुडनट रिमेन साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतका चलचित्र सहभागी भएको बताए ।
नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्
-
जथाभावी सामाजिक सञ्जालमा टिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन