गोकर्ण विष्टको सम्पत्ति कति ? यस्तो छ सम्पत्ति विवरण
काठमाडौं– श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार गुल्मीको इस्मा गाउँपालिका निवासी विष्टको आफनो नाममा घर छैन । यद्यपी प्रमिला श्रेष्ठको नाममा काठमाडौंको सामाखुसीमा ४० लाखमा खरिद गरेको घर रहेको छ ।
यस्तै गुल्मीको इस्मा गाउँपालिका ४ मा भीमबहादुर विष्टको नाममा कच्ची घर र २ वटा कटेरो रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै गुल्मीमै पैतृक सम्पत्तिको रुपमा ८ स्थानमा जग्गा जमिन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
यस्तै पैतृक र खरीदबाट अन्दाजी ७ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरिएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२हजार, एभरेस्ट बैंकमा २० हजार, नेपाल बैंकमा ४ लाख १३ हजार ७ सय ४, इन्भेस्टमेन्ट बैंककै अर्को खातामा ८५ हजार ८९०, नबिल बैंकमा १ लाख ४२ हजार ५३९ र एभरेस्ट बैंकको अर्को खातामा ४० हजार नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । जुन उनी र श्रीमतीको नाममा छुट्टाछुट्टै रहेको छ ।
यस्तै प्रमिला श्रेष्ठको नाममा मेघा बैंक र कृषि विकास बैंकमा शेयर रहेको पनि उल्लेख गरिएको छ ।
सिद्धार्थ बैंकमा ३६ लाख, कन्चय कोषमा ६ लाख तिर्नु रहेको तथा अम्बिका बस्नेत, भागवत सापकोटा इन्द्र विष्टलाई क्रमशः १० लाख, ६ लाख र १५ लाख तिर्न बाँकी भएको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यस्तै उनले भैंसी बाख्रा, भिटी, दराज र सोफालाई पनि सम्पत्ति विवरणको रुपमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै