प्रचण्ड परिवारको सम्पत्ति कति ? मन्त्री बीना मगरले सार्वजनिक गरिन् यस्तो विवरण
काठमाडौं– खानेपानी मन्त्री बीना मगरको सम्पत्ति विवरण सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डकी बुहारीसमेत रहेकी बीनाले सासु आमा सीता दाहाल र स्वर्गीय श्रीमान प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी छन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा घर नभएको उल्लेख गरिएको छ । तर, चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उल्लेख गरिएको छ । यस्तै सीता दाहालको नाममा भारतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कठ्ठा जमिन रहेको उल्लेख गरिएको छ ।
यस्तै ५ तोला सुन र १६ तोला चाँदी पैतृक सम्पत्ति रहेको उल्लेख गरिएको छ । यसबाहेक बैंक खाता रहेपनि कुनै रकम जम्मा नभएको, सवारी साधनमा प्रकाश दाहालको स्कुटर रहेको उल्लेख गरिएको छ भने कुनै बैंक तथा वित्तीय संस्थामा शेयर नभएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप