विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैन : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताएकी छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।
मन्त्री भट्टराईले विद्यालय शिक्षाको दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले गठन गरेको कार्यदलले काम सुरु गरिसकेको बताइन् । उनले प्राविधिक तथा व्यावसायिक शिक्षाको आजको आवश्यकता र विगतको अभ्यासका आधारमा पाठ्यक्रम पुनर्संरचना गर्न जरुरी रहेको बताइन् । प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम पुनर्संरचना गर्न समेत योजना आयोगका सदस्यको संयोजकत्वमा कार्यदल गठन भएको उनले बताइन् । कार्यदलले १५ दिनपछि प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा मन्त्रालयले थप प्रक्रियाहरू अगाडि बढाउने उनको भनाइ छ ।
उनले भनिन्, ‘शिक्षक र विद्यार्थीबिचको अनुपात मिलेको छैन । विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैन । अब हामीले दरबन्दी पनि पुनरावलोकन गरौँ । विद्यालय शिक्षा कक्षा १२ सम्मको दरबन्दी पुनरावलोकन गरौँ भनेर पूर्वसचिवको संयोजकत्वमा यो काम पनि सुरु भइसकेको छ ।’
मन्त्री भट्टराईले विधेयकमा भएका विवादका विषयहरूको समाधान खोज्न राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
-
‘एक्सन चुनौती पुर्ण रहेछ’
-
नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो