टिकटकबाट अचानक किन गायब भए आयुष र एलिजे ?
सोमबार, २४ मङ्सिर २०८१, १७ : २०

काठमाडौँ । चर्चित टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमाली टिकटकबाट बेपत्ता भएका छन् । टिकटकमा उनीहरूको आधिकारिक खाता देखिएको छैन । टिकटकमा उनीहरूको एकाउन्ट देखिएको छैन ।
टिकटकमा दुवैको लाखौं फलोअर छन् । उनीहरू आफैँले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि खातामाथि प्रतिबन्ध लागेको हो भन्ने कुरा थाहा हुन सकेको छैन ।
यी दुवै पछिल्लो समयका चर्चित नेपाली टिकटकर हुन् । यी दुवै दुबईमा बस्छन् । हालै मात्रै यो जोडीले आफूहरूले घर किनेको बताएका थिए ।
आमाको बिहेबारे आयुषले दिएको प्रतिक्रिया पछि टिकटकमा उनी व्यापक ट्रोल भइरहेका थिए । धेरैले आमाप्रति उनको रवैयालाई आयुषको चर्को आलोचना गरेका थिए ।
यस्तैमा दुवै जना टिकटकबाट बेपत्ता हुनु रहस्यमय बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
-
वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
-
क्लिन हिरो प्रोजेक्टको ठमेल सफाइ अभियान
-
दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
-
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
१० बजे १० समाचार : तारकेश्वर जग्गा विवाददेखि विद्या भण्डारीको बढ्दो सक्रियतासम्म