सहकारी ठगी प्रकरण
रास्वपाका कार्यकर्ताद्वारा पर्सा प्रहरी कार्यालय अगाडि नाराबाजी
सोमबार, २४ मङ्सिर २०८१, १६ : ५५
![रास्वपाका कार्यकर्ताद्वारा पर्सा प्रहरी कार्यालय अगाडि नाराबाजी](https://npcdn.ratopati.com/media/news/rsp-parsa2_c5DL6rlLqv.jpg)
वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि नाराबाजी गरेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई सोमबार पर्सा लगेपछि कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ । यसअघि रविका समर्थकले सिमरा विमानस्थलमा पनि प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो