सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई पर्सातर्फ लगियाे
सोमबार, २४ मङ्सिर २०८१, १६ : २०
काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा बढी समय प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज पर्सातर्फ लगेको छ ।
कास्की प्रहरीको हिरासतबाट उनलाई प्रहरीले काठमाडौँ विमानस्थल ट्रान्जिट बनाएर सोमबार पर्सातर्फ लगेको हो ।
उनलाई सोमबार दिउँसो बुद्ध एयरको जहाजबाट काठमाडौँदेखि सिमरा पुर्याइएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । त्यहाँबाट उनलाई गाडीमा राखेर पर्सा लगिनेछ । यसअघि आजै बिहान उनलाई पोखराबाट जहाजमा काठमाडौँ ल्याइएको थियो ।
रविमाथि सहकारी ठगी प्रकरणमा पर्सामा पनि उजुरी परेपछि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकहरूद्वारा इमर्जेन्सीबाहेकका सेवा बहिष्कारको घोषणा
-
वीर अस्पतालका कार्यकारी निर्देशक पौडेलद्वारा दुई वर्षको कार्यप्रगति विवरण सार्वजनिक
-
रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित
-
नेकपा एकीकृत समाजवादीले तोक्यो ३३ विभाग प्रमुख र उपप्रमुख
-
सुस्तावासी दशकौँदेखि नागरिकता र भूमि सम्बन्धी समस्या झेल्दै
-
‘पछिल्लो समय सुस्तामा धेरै विकास भएको छ’