दार्जिलिङमा चलचित्र ‘बम बहादुर’ को प्रिमियर

काठमाडौँ । आगामी पुस ५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को प्रिमियर भारतको दार्जिलिङमा गरिएको छ । नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको फिल्मको कथा दार्जिलिङकै भएकोले प्रिमियर त्यही गरिएको निर्माण युनिटले जनाएको हो ।
दार्जिलिङको गोर्खा रङ्गमञ्च भवनमा चलचित्र प्रिमियर आयोजना भएको थियो । प्रिमियरमा कलाकार र निर्माण युनिटको पनि सहभागिता थियो । चलचित्रका निर्माता सञ्जीव सार्की हुन् ।
जोन राईको निर्देशन रहेको प्रिमियरमा निर्माताले कलाकार र चलचित्रका टिमका सदस्यलाई सम्मान गरेको थियो । चलचित्रमा सौगात मल्ल, अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिष्ठ कार्की, प्रभात पाख्रिन, बादल क्षेत्री लगायतको अभिनय छ ।
‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूमा आधारित सन्देशमूलक र ऐतिहासिक सङ्घर्षलाई चित्रण गरेको छ । प्रिमियरमा सहभागी दर्शकले चलचित्र मार्मिक र जीवन्त रहेको प्रतिक्रिया दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
-
कराँते खेलाडी मोहम्मद शेखु अमेरिकामा नगदसहित सम्मानित
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज