इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो यस्तो बताएका हुन् ।
उनले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाए । उनले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरुले आवाज उठाएको बताए । उनले अहिले इजरायल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एकअर्कालाई नस्वीकार्ने कुरा गम्भीर रहेको बताए । भट्टराईले संयुक्त राष्ट्रसंघमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताए ।
अध्यक्ष भट्टराईले सत्य र न्यायको पक्षमा बोल्न डराउनु नहुने समेत सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
-
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)