वैशाखबाट रियल टाइम बक्स अफिस सिस्टम लागू हुन्छ: दिनेश डिसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वैशाख एकबाट रियल टाइम बक्स अफिस सिस्टम लागु हुने बताएका छन् । यो बक्स अफिसले चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष डिसीले अव स्टुडियो निर्माणको काम पनि अगाडि बढ्ने बताए । ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो’, डिसीले भने ‘यो बिचमा २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने काम हुन्छ ।’ डिसीले चलचित्र क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न आफूलाई सबैको साथ आवश्यक रहेको बताए ।
बोर्डले यसअघि बक्स अफिस सिस्टम लागु गरेर कुन चलचित्रले कति व्यापार गर्यो भनेर सार्वजनिक गर्दै आएको थियो । तर, चलचित्र निर्माताहरुले आफ्नो फिल्मको व्यापार सार्वजनिक गरिदिएको भन्दै गुनासो गरेपछि तत्कालीन बोर्ड अध्यक्ष भुवन केसीले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न रोकिदिएका थिए । त्यसपछि बक्स अफिसको कुरा गर्दा सिस्टम बिग्रिएको भन्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ