दक्षिण कोरियामा राष्ट्रपतिको यात्रामा प्रतिबन्ध
सोमबार, २४ मङ्सिर २०८१, १४ : ०२

सोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–येओलको यात्रामा प्रतिबन्ध लागेको छ । भ्रष्टाचार मुद्दा विभागका मुख्य अभियोजनकर्ताले येओलमाथि यात्रामा रोक लगाउन आदेश दिएका छन् ।
गएको हप्ता मार्सल ल लगाएको मामिलामा यतिबेला येओलमाथि छानबिन भइरहेको हो । योओल प्रशासनको कयौं वरिष्ठ अधिकारीमाथि पनि यात्रामा रोक लगाइएको छ ।
मंगलबार अबेर रात मार्सल लको प्रयास असफल भएयता हजारौँ दक्षिण कोरियालीहरू सडकमा विरोध प्रदर्शनमा उत्रिएर योओलको राजीनामा वा महाभियोगको माग गरिरहेका छन् ।
शनिबार योओलमाथि महाभियोग लगाउने प्रयास असफल भएको थियो । सत्तारुढ दलले आफ्ना नेता तथा प्रधानमन्त्रीलाई योओलको शक्ति हस्तान्तरण गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
-
राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू
-
नेपाललाई ‘ग्रे लिष्ट’ बाट बाहिर निकाल्न गृहकार्य
-
आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि सरकारले फेरि बोलायो
-
राष्ट्रिय जनमोर्चाको राजधानी केन्द्रित आन्दोलन, तस्बिरहरू
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा