राजस्व चुहावट नियन्त्रण गर्न तीन निकाय समन्वय गर्दै

काठमाडौँ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागको बैठकमा राजस्व चुहावट नियन्त्रण गर्न थप समन्वय गर्ने निर्णय भएको छ । तीन निकायका विभागीय प्रमुखहरुको बैठकमा राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विषयमा छलफल भएको थियो । जसमा राजस्व चुहावटका जोखिम क्षेत्र, वस्तु, नाका र समूहहरु पहिचान गर्ने निर्णय भएको छ ।
सूचना संकलन गर्ने, विश्लेषण गर्ने तथा सोको कार्यान्वयनका लागि एकआपसमा सूचना आदानप्रदान गर्ने, राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, भन्सार विभागको आसिकुडा वर्ल्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रविष्ट भएका सूचनालाई एक आपसमा अन्तरआवद्धता कायम गरिने निर्णय पनि भएको छ ।
उक्त सूचना प्रणाली कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपास पछिको परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गरिने भन्सार विभागले जनाएको छ । तीनवटै विभागबाट सूचनाका आधारमा प्रभाव पर्ने गरी संयुक्त गस्ती परिचालन गर्ने र कर छली गर्ने करदातालाई कारबाहीको दायरामा ल्याउने तथा शंकास्पद कारोबार र अनधिकृत गोदामहरुको विशेष निगरानी गर्ने निर्णय पनि भएको भन्सार विभागले जानकारी दिएको छ ।
कर छली गर्न व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार गर्ने प्रवृतिलाई रोक्न अन्तरनिकाय सूचना आदानप्रदान गर्ने र शंकास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारवाहीको दायरामा ल्याउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङ : कार्यकर्ताबाटै कज्याइए पर्शुराम
-
स्थापना दिवसमा नेविसंघले वृक्षारोपण गर्यो
-
बुटवलमा युवतीमाथि गोली प्रहार
-
पशुपतिनाथको मन्दिर कहिले बनेको थियो ?
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ