काठमाडौँमा दुई जना मृत अवस्थामा फेला
सोमबार, २४ मङ्सिर २०८१, १३ : ००

काठमाडौँ । राजधानी काठमाडौँमा दुई जनासहित देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं महानगरपालिका-१४ बल्खु डेरा गरी बस्ने महोत्तरी भांगाह नगरपालिका-४ घर भएका ६५ वर्षीय लाल बहादुर श्रेष्ठ आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी काठमाडौं महानगरपालिका-२४ नरदेवीस्थित पसरननी चोकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- बाग्लुङ, वरेङ गाउँपालिका-३ चाँदास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-४ सल्यान बस्ने ६३ वर्षीया यमसरी दमाई आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३ छुरिगाउँ बस्ने ५० वर्षीया शर्मिला डिम्डुङग सोही गाउँपालिका-४ पौवास्थित पौवा खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
- रौतहट, देवाही गोनाही नगरपालिका-२ लक्ष्मीनिया टोलस्थित लाल बकैया खोला नजिक खाल्डोमा जमेको पानीमा बौधीमाई नगरपालिका-५ कोप्वा टोल बस्ने शेख मनाउल्लाहकी छोरी ६ वर्षीया शबाना खातुन र छोरा ३ वर्षीय अबदुल रहमान आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- रुपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित हाटबजार लाग्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभा, चैनपुर नगरपालिका-१० हात्तिसुडे बस्ने ४८ वर्षीय सूर्य बहादुर दर्जी सोही ठाउँस्थित आफ्नै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए