४ दिनमै पुष्पाले उठायो लगानी र अल्लु अर्जुनको पारिश्रमिक

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्म ‘पुष्पा २ः द रुल’को क्रेज दर्शकमाझ पहिलो दिन जस्तै छ । चौथो दिनमा पनि फिल्मको कमाई धेरै घटेको छैन ।
पहिलो दिन १६४ करोड २५ लाख भारु कमाएको फिल्मले चौथो दिन १४१ करोड ५० लाख भारु कमाएको छ । फिल्मले भारतमा मात्रै ४ दिनमा ५२९ करोड ४५ लाख भारु कलेक्सन गरेको छ । तेलुगुमा बनेको ‘पुष्पा २’ ले हिन्दीमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चौथो दिन हिन्दी बेल्टमा फिल्मको कमाई ८५ करोड भारु थियो ।
फिल्मले हिन्दी बक्स अफिस कलेक्सनको कीर्तिमान तोडेको छ । कुनै पनि बलिउड फिल्मले एकै दिन ८५ करोड कमाउन सकेको छैनन् । स्याकनिल्कको रिपोर्टका अनुसार ‘पुष्पा २’ले आइतबार १४१ करोड ५० लाख भारु कमाएको छ । यसले हिन्दीमा ८५ करोड, तेलुगुमा ४४ करोड, तमिलमा साढे ९ करोड, मलायालममा १ करोड ९० लाख र कन्नडमा १ करोड १० लाख भारुको व्यापार गरेको छ । ४ दिनमा ग्लोबल बक्स अफिसमा फिल्मको कमाई ७ सय करोड भारु पुगेको छ । फिल्म छिट्टै एक हजार करोड क्लबमा पुग्ने अनुमान गरिएको छ ।
अल्लु अर्जुनको ुपुष्पा २ः द रुलु भारतमा अहिलेसम्मकै सबैभन्दा ठुलो विकेन्ड ओपनर बनेको छ फिल्मको कुल बजेट ४ सय करोड रहेको थियो । अल्लु अर्जुनले यस फिल्मका ३०० करोड भारु लिएको खबर आइरहेको छ । अर्थात् ४ दिनमै निर्माताहरूले फिल्मबाट अल्लु अर्जुनको पारिश्रमिक र बजेट दुवै फिल्मबाट उठाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन