आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

प्रत्येक नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको प्रमुख लक्ष्य : मन्त्री यादव

सोमबार, २४ मङ्सिर २०८१, १२ : ४६
सोमबार, २४ मङ्सिर २०८१

झापा । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने नेपाल सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।
आज खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर एवं बेलडाँगी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आयोजना गरेको बेलडाँगी खानेपानी आयोजना दमक झापाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । 

“सबैमा खानेपानी र सरसफाईको पहुँच पुग्ने गरि कार्य योजना तयार गरिरहेका छौँ,” मन्त्री यादवले भने, “सरकारले सन् २०३० सम्म प्रत्येक नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन संविधान प्रदत्त मौलिक हक प्राप्ति र दीगो विकासको लक्ष्यसँग गासिएको छ ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्ने समस्या विकराल रुपमा बढेको बताउनु हुँदै बिशेष गरी तराईमा भुमिगत पानीको सतह घट्दै गएकोले निकै समस्या भोग्नु परेको जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप