रुसले बोलायो सुरक्षा परिषद्को आकस्मिक बैठक
सोमबार, २४ मङ्सिर २०८१, १२ : १२

मस्को । सिरियाको अवस्थाबारे छलफल गर्न रुसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ । बैठक सोमबार हुने आशा गरिएको संयुक्त राष्ट्रसङ्घका लागि रुसका प्रथम उप–स्थायी प्रतिनिधि दिमित्री पोल्यान्स्कीले टेलिग्राममा लेखेका छन् ।
समाचार एजेन्सी एएफपीले पनि कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै एउटा बैठक बस्ने भएको बताइएको छ । असद सरकारको पतनले रुस र मध्यपूर्वमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट भइनसकेको पोल्यान्स्कीले भनेका छन् ।
विशेषगरी गोलान हाइट्समा संयुक्त राष्ट्रसङ्घले गस्ती गरिरहेको क्षेत्रहरूमा इजरायलको अस्थायी नियन्त्रणबारे छलफल गर्न आवश्यक रहेको उनले बताए । गोलान हाइट्समा रहेको राष्ट्रसङ्घले गस्ती गरिरहेको असैन्यकृत क्षेत्रमा इजरायलको अस्थायी कब्जाबाट उत्पन्न हुने अवस्थाबारे छलफल गर्नु विशेष जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने