शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान धावक सम्मानित

सोमबार, २४ मङ्सिर २०८१, १२ : ०१
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ। प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । 

नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित कुचविहारमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकले विभिन्न स्वर्णमा ८ स्वर्ण, ४ रजत र २ कांस्य गरी १४ पदक जितेका थिए ।

गीतकार समेत रहेका बुद्धवीर लामाले ६५ वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण, धर्म महर्जनले ५०–५५ वर्षको ४ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण, ६५ वर्षमाथि पुष्पलाल श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण र १० हजार मिटर दौडमा रजत, ५०–५५ वर्षमा कपिल भट्टले २ सय मिटर दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य तथा ४५–५० वर्षमा महेन्द्र बज्राचार्यले १० हजार मिटर दौडमा कांस्य जितेका थिए ।

त्यस्तै ४०–४५ वर्षमा राकेश महर्जनले १ हजार ५ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्षमा दिनेश महर्जनले ५ हजार र १० हजार मिटर दौडमा रजत पदक प्राप्त गरेका थिए । ४५–५० वर्षको १० हजार मिटर दौडमा सहभागी भई दौड पूरा गरेका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरियो ।

सोही अवसरमा विश्व प्रहरी सङ्गठनबिच भएको विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेष गुरुङ पनि सम्मानित भए । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले एक कार्यक्रमबिच प्रशंसा पत्रसहित सम्मान गरे ।

अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताको समापनका अवसरमा आयोजक मास्टर्स गेम एसोसिएसन, बंगाल र कुचविहार मास्टर्स एसोसिएसनले बुद्धवीरलाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्ड पनि प्रदान गरिएको प्रयास मञ्च नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप