सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय
चलचित्र प्रदर्शन विवाद

सेभेन सिजको फिल्म चलचित्र सङ्घले प्रदर्शन नगर्ने

सोमबार, २४ मङ्सिर २०८१, ११ : ४७
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को विषयलाई लिएर अहिले प्रदर्शन विवाद चुलिएको छ । शनिवार फिल्मको निर्माण संस्था सेभेन सिज सिनेमाले फिल्मको शोमा विभेद भएको जनाउँदै सोमबारबाट प्रदर्शन रोक्ने घोषणा गरेको थियो ।

तर, फिल्मका निर्माताले प्रदर्शनलाई निरन्तरता दिने भन्दै विज्ञप्ति निकालेको एक घण्टा पनि नबित्दै प्रदर्शक र वितरकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घले एक विज्ञप्ति जारी गर्दै एउटा ठुलो निर्णय गरेको छ ।

फिल्मको निर्माता कम्पनी सेभेन सिज सिनेमाले प्रदर्शन स्थगनको विषयमा स्पष्ट धारणा नराख्दासम्म यो कम्पनीका कुनै फिल्म प्रदर्शन नगरिने सङ्घले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

‘मङ्सिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र सङ्घलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र सङ्घको सदस्यहरूले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौँ ।’

हलमा प्रदर्शकले वितरकमार्फत मात्र फिल्म प्रदर्शन गर्न पाउने कानुनले व्यवस्था रहेको र यो नियमले प्रदर्शकको व्यवसायको सरोकार वितरकसँग मात्र रहने सङ्घले जनाएको छ । सेभेन सिजले कानुनभन्दा बाहिर गएर संघका सदस्यहरूको मानमर्दन गरेको सङ्घको विज्ञप्तिमा उल्लेख छ ।

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप