नेपाली चलचित्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्नुपर्छः प्रदीप खड्का

काठमाडौँ । अभिनेता प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्रलाई व्यावसायिक दृष्टिकोणबाट हेर्न जरुरी रहेको बताएका छन् । नेपाली चलचित्र क्षेत्र किराना पसल शैलीमा अगाडि बढिरहेको र व्यावसायिक हुन नसकेको उनको तर्क थियो ।
आइतबार ‘कर्णाली अन्तर्राष्ट्रिय महोत्सव’को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदीप चलचित्र क्षेत्र पारिवारिक व्यापार समेत भएको बताए ।
‘जुन दिन चलचित्रलाई व्यापारको दृष्टिकोणबाट हेरिन्छ, त्यो दिन धेरै कुरा परिवर्तन हुन्छ । अहिलेसम्म पारिवारिक व्यापार भइरहेको छ । किराना पसल थापेजस्तो भइरहेको छ,’ उनले भने, ‘१० बजेसम्म बुवा पसलमा बस्ने, आमा पूजापाठ गर्ने । १० बजेपछि बुवा खाना खाएर सुत्न जाने, आमा पसलमा बस्ने । स्कुलबाट फर्किएपछि बच्चाबच्ची पसलमा बस्ने । आमा खाना पकाउने जाने जस्तो भइरहेको छ ।’ चलचित्रको प्रभाव र महत्वलाई बुझ्न नसक्दा नेपाली चलचित्र उद्योग फस्टाउन नसकेको उनले गुनासो गरे ।
चलचित्र क्षेत्रको विकासका लागि ठुला व्यापारिक घरानाको प्रवेश हुनुपर्ने उनले धारणा राखे ।
चलचित्र क्षेत्रमा कर्पोरेट व्यापार हुन नसकेको बताएका प्रदीपले कर्पोरेट व्यापार भयो भने फाइदा र घाटा हेरेर लगानी हुने फिल्म क्षेत्र माथि जाने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए