शपथ लिनेबित्तिकै ट्रम्पले ६४५ जनालाई सजाय माफी दिने

वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले सयौं जनालाई सजाय माफी दिने भएका छन् । जनवरी २० मा आफूले शपथ लिने बित्तिकै सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा आफ्ना समर्थकहरूलाई माफी दिने बताएका हुन् ।
राष्ट्रपतिको चुनाव जितेपछिको पहिलो अन्तरवार्तामा ट्रम्पले यस्तो बताएका हुन् । ‘उनीहरू नर्कमा बाँचिरहेका छन्’ एनबीसीको मिट द प्रेस कार्यक्रममा उनले भने । सन् २०२१ मा क्यापिटल हिलमा भएको हमलामा १ हजार २५० जनाभन्दा बढीलाई दोषी ठहर्याइएको थियो । यसमध्ये ६४५ जनालाई केही दिनदेखि २२ वर्षसम्मको सजाय दिइएको थियो ।
पदको शपथ लिनेबित्तिकै पहिलो दिनदेखि नै आफूले तीव्रतासँग काम गर्ने पनि उनले बताएका छन् ।
के हो क्यापिटल हिल काण्ड ?
सन् २०२० को राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक नेता जो बाइडेनले जितेपछि अमेरिकामा हिंसा भएको थियो । त्यसपछि ट्रम्पका समर्थकहरूले २०२१ को जनवरीमा अमेरिकी संसद रहेको क्यापिटल हिललाई घेरा हाले । अनि तोडफोड पनि गरे । यो हिंसापछि अमेरिकी जाँच एजेन्सीले यो मामिलामाथि छानबिन गर्यो ।
२०२० को निर्वाचन हारेपछि ट्रम्पले ह्वाइट हाउस खाली गर्न पनि अस्वीकार गरेका थिए । यतिमात्रै होइन उनले सत्ता हस्तान्तरण गर्न पनि अस्वीकार गरेका थिए । तर दबाब बढेपछि ट्रम्पले समर्थकहरूको एउटा र्याली आह्वान गरे । अनि र्यालीमा उनले क्यापिटल हिलमाथि हमला गर्न भीडलाई उक्साए । ट्रम्पका समर्थकहरूले संसदमा हमला गरे । यस घटनामा प्रहरीसमेत कयौं मानिस घाइते भए । घटनामा संलग्न कयौंलाई पक्राउ गरियो र मुद्दा चलाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक