साइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, सञ्चालक निर्वाचन सहित यस्ता छन् एजेन्डा
सोमबार, २४ मङ्सिर २०८१, १० : ३०

काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले पुस १९ गते शुक्रबार बिहान ११ बजे रुपन्देहीको एक रिसोर्टमा बस्नेगरी साधारणसभा आह्वान गरेको हो ।
उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, नयाँ आर्थिक वर्षको लेखापरीक्षण नियुक्त गर्ने प्रस्तावका अतिरिक्त कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने तथा संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट ३–३ जना समेत गरी ६ जनाको निर्वाचन गर्ने एजेन्डा तय गरिएको छ ।
साइन रेसुङ्गाले यसपटक उपयुक्त संस्थासँग मर्जर गर्ने, कुनै संस्थालाई आफूमा गाभ्ने वा कुनै संस्थामा आफू गाभिनेगरी सहमति गर्न सक्नेगरी सञ्चालक समितिलाई सहमति गर्ने अधिकार दिने प्रस्ताव समेत पारित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक
-
फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोप
-
१० बजे १० समाचार : वीरगञ्जमा झडपपछि कर्फ्यु, ९ ठाउँमा बाटोविनै पुल