असद पदच्युत भएपछि स्वदेश फर्किने सिरियालीको लर्को

दमास्कस । सिरियामा २४ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि नै छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक फर्किन थालेका छन् । आइतवार अनलाइन र सामाजिक सञ्जालहरूमा यी दुई देशबाट सिरियाली नागरिकहरू सिरियाको सीमामा प्रवेश गरिरहेको देखिने कयौं तस्बिरहरु बाहिर आएका थिए ।
लेबनान–सिरियाको सीमामा मसना क्रसिङमा दर्जनौं कारहरू सिरिया छिर्न लाइनमा उभिएका देखिएका थिए । भीडले बशर अल–असदको विरुद्धमा नारा लगाएको सुनिएको थियो । जोर्डनको सीमामा पनि मान्छेको भिड थियो । ‘म जोर्डनमा १२ वर्षदेखि बसिरहेको छुँ । बशर अल–असदको सरकार पतन भएको खबर सुनेपछि हामी भावुक भयौं । अब हामी आफ्नो देशमा सुरक्षिको साथमा फर्किन सक्छौं ।’
जाबेर क्रसिङमा एक व्यक्तिले भनेको भन्दै समाचार एजेन्सी रोयटर्स आफ्नो समाचारमा उद्धृत गरेको थियो । सीमामा देखिएका अधिकांश कारमा सामानको भारी थिए । सीमामा मानिसहरू आफ्नो झोली तुम्बा बोकेर उभिरहेका देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने
-
‘भूठान’ को प्रिमिएरमा नेता र कलाकारले के भने ?
-
दुई जनालाई सरकारी वकिलको उन्मुक्ति, पीडित परिवार भन्छन्– ‘न्याय पाएनौँ’
-
प्रभु साहको प्रश्नः नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?
-
साउदीबाट फर्किँदा पाकिस्तानी हवाई क्षेत्र छलेर आए मोदी
-
आतङ्कवादी आक्रमणपछि सुनसान भयो पहलगाम