बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सिरियामा इस्लामिक स्टेटलाई फाइदा उठाउन दिँदैनौँ : बाइडेन

सोमबार, २४ मङ्सिर २०८१, १० : २४
सोमबार, २४ मङ्सिर २०८१

वासिङ्टन डिसी । विद्रोही समूह राजधानी छिरेपछि सिरियाका राष्ट्रपति बशर अल–असदले देश छाडेर गएका छन् । यस्तो स्थितिमा त्यहाँ इस्लामिक स्टेटले फाइदा उठाउन सक्ने आकलनहरू आइरहेका छन् । यसैबिच अमेरिकाका राष्ट्रपति जो बाइडेनले सिरियामा अमेरिकाले नजर राखिरहेको र यसले मध्यपूर्वमा शक्ति सन्तुलन परिवर्तन भएको बताएका छन् । सिरियामा अमेरिकी सेनाको उपस्थिति कायम राख्ने संकेत पनि बाइडेनले दिएका छन् ।

द्वन्द्वको लागि तीन–पक्षीय दृष्टिकोणको रूपरेखा गरिएको र यसमध्ये ‘साझेदारहरूको समर्थन, प्रतिबन्ध र कूटनीति, र आवश्यक भएमा सैन्य बलको प्रयोग’ समेत रहेको बताइएको छ । सिरियाको सत्तामा शून्यताको यस अवस्थाको फाइदा उठाएर इस्लामिक स्टेट समूह (आईएसएस)ले त्यहाँ आफ्नो क्षमता पुनः स्थापित गर्ने र आफ्नो लागि सुरक्षित आश्रय बनाउने प्रयास गर्न सक्नेबारे आफूहरू सचेत रहेको र त्यसो हुन नदिने पनि बाइडेनले बताए । असद सरकारले विश्वसनीय राजनीतिक प्रक्रियामा संलग्न हुन अस्वीकार गरेको र रुस अनि इरानको समर्थनमा निर्भर रहँदा सरकारको पतन भएको भनेर यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए ।

सिरियाको घटनाक्रमलाई अमेरिकाले नजिकबाट नियालिरहने अनि विद्रोही नेताहरूलाई उनीहरूको भाषणबाट होइन, उनीहरूको कार्यबाट न्याय गर्ने  पनि उनले बताएका थिए । आइतबार अमेरिकी सेनाले सिरियामा ७५ वटा लक्ष्यमा निशाना बनाएको अमेरिकी सेन्ट्रल कमान्डले बताएको थियो । यी लक्ष्यहरू आईएस पुनः सङ्गठित भइरहेको सरियाको पूर्वी क्षेत्रको बादियाह मरुभूमिमा थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप