जुनेलीले ल्यायो १०० डेज फर १०० ग्राहक योजना, क्लाउड सिस्टममा ७० प्रतिशत छुट
![जुनेलीले ल्यायो १०० डेज फर १०० ग्राहक योजना, क्लाउड सिस्टममा ७० प्रतिशत छुट](https://npcdn.ratopati.com/media/news/f_logo_for_facebook_1QfEBf0cn5.png)
काठमाडौँ । प्रविधि कम्पनी जुनेली इंक प्रालिले आफ्नो फ्याल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा भारी छुटको घोषणा गरेको छ । ‘१०० डेज फर १०० ग्राहक योजना’ मार्फत कम्पनीले मंसिर २४ गतेदेखि चैत ५ गतेसम्मका लागि फाइनान्स, माइकोफाइनान्स र सहकारी संस्थाहरूलाई क्लाउड सिस्टममा ७० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
कम्पनीका अनुसार ३६० कोर बैंकिङ सिस्टम एक सुरक्षित बैंकिङ सिस्टम भएको कम्पनीको दाबी छ । यसमा आरटीफीसीयल इन्टेलीजेन्सको प्रयोगले ग्राहकलाई सेवा गर्न सहयोग गर्ने बताइएको छ ।
३६० सीबीएसको आफ्नै विश्वासिलो इको सिस्टम छ भने जसबाट मोबाइल बैङ्किङ,मोबाइल टेलर र एटीम सेवाहरू उपलब्ध छ । जुनेलीद्वारा डेभलप गरिएको सो सिस्टम म्यानमार र बङ्गलादेशको माइक्रो फाईनान्समा पनि प्रयोग भइरहेको बताइएको छ । नेपालको हकमा यो सिस्टम हालसम्म ३३ जिल्लाका करिब ३७० को हाराहारीका सहकारीहरूले उपयोग गरिराखेका छन्।
३६० कोर बैङ्किङ सिस्टम र अन्य जुनेली इंकको प्रोडक्टहरु कम्पनीको सेल्स डिपाटमेन्टबाट किन्न या बुकिङ गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता