कथित प्रेमिका युलियाका अभिभावकलाई भेट्न पुगे सलमान

मुम्बई । सलमान खान केही दिनअघि दबङ्ग टुरका लागि दुबईमा थिए । सोनाक्षी सिन्हा, सुनील ग्रोवर, मनिष पलले पनि उनलाई यो टुरमा साथ दिएका थिए । दुबईमा रहँदा सलमान खानले उनी कथित प्रेमिका युलिया वन्तुरका अभिभावकलाई भेटेका छन्। यसका साथै सलमानले युलियाका आमाबुवाको जन्मदिन पनि मनाएका छन् ।
युलिया विगत केही दिनदेखि दुबईमा आफ्नो परिवारसँग समय बिताइरहेकी छन् । दुई दिनअघि युलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट आमासँगको तस्बिर सेयर गरेकी थिइन् । यससँगै उनले क्याप्सनमा लेखेकी छन्, ‘यस संसारको सबैभन्दा सुन्दर महिलालाई जन्मदिनको शुभकामना। मेरी अद्भुत आमा। म तपाईँलाई धेरै माया गर्छु।’
अर्को दिन, युलियाले आफ्नो बुबाको जन्मदिन मनाइन्। यस अवसरमा उनीसँगै सलमान पनि थिए । सेलिब्रेशनको तस्बिर शेयर गर्दै युलियाले लेखेकी छिन्, ‘ह्याप्पी बर्थडे ड्याड, म तपाईंलाई माया गर्छु । मेरा २ हिरोहरू।’
शनिबार, युलिया वन्तुर दुबईमा चलिरहेको सलमानको दबङ्ग टुरको हिस्सा पनि बनिन्। उनले आफ्नो इन्स्टाग्रामको स्टोरी सेक्सनमा सलमानको प्रस्तुतिको झलक सेयर गरेकी छन् ।
सलमान खान आइतबार बिहान दुबईबाट मुम्बई फर्किएका छन् । यस क्रममा उनी विमानस्थलमा कडा सुरक्षामा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?