आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

नेपाल अटोमोबाइल्स एसोसिएसनलाई एफआईएमको अवार्ड

सोमबार, २४ मङ्सिर २०८१, ०६ : ०५
सोमबार, २४ मङ्सिर २०८१

काठमाडौँ । नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय  मोटरसाइकल महासंघ (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको मालोरकामा सम्पन्न महासंघको १ सय २० औँ स्थापना दिवस र वार्षिक साधारण सभाको अवार्ड कार्यक्रममा वुमन इन् मोटरिङ थिमलाई सो अवार्ड प्रदान गरिएको हो । 

सन् २०२४ का सम्पूर्ण अन्तर्राष्ट्रिय ईभेन्टका विजयीलाई एफआईएमले साधारण सभाको सन्दर्भमा अवार्ड वितरण गर्ने गर्दछ । जहाँ वुमन इन् मोटरिङ इन् नेपालका लागि एफआईएम वुमन अवार्ड सहित मोबिलिटी र पब्लिक पोलिसी, फ्युचर ईन मोटरसाईक्लिङ, वातावरण र दिगोपन जस्ता चार वटा अवार्ड समेत वितरण गरिएको छ ।

फेडेरेसनको सो अवार्ड कार्यक्रममा एक सय बढी देश र एक हजार भन्दा बढीको सहभागिता रहेको थियो । नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईलाई एफआईएम वुमन इन् मोटोसाईक्लिङकी प्रमुख लातभियाकी यनिका यूले अवार्ड प्रदान गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप