एपेक्स कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ । एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा विशेष दीक्षान्त समारोह आयोजना गरेको छ । वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
यस वर्ष, कलेजबाट कूल २५८ विद्यार्थीहरू दीक्षित हुँदैछन्, जसमा १५० स्नातक ( ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् । यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए - बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ । एपेक्स कलेजका १५० विद्यार्थीहरूमध्येबाट उनी छानिएका हुन् । उनले एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालय कमजोर र निरीह भयो : आङ्बो
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
गोकर्णेश्वरमा महिलाको हत्या, नाबालकसहित ५ जना पक्राउ
-
तिलोत्तमा गोल्डकप चैत ९ गतेदेखि हुने
-
सरकारी लेटरहेडमै पूर्वराजालाई 'श्री ५' को सम्बोधन, मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
-
भारतले किन घटायो अमेरिकी वस्तुमा लगाएको भन्सार महसुल ?