ला लिगामा रियाल सोसिडाडको पुनरागमन
सोमबार, २४ मङ्सिर २०८१, ०२ : ०१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा हारबाट गुज्रिरहेको रियाल सोसिडाडले पुनरागमन गरेको छ । सोसिडाडले अवे मैदानमै ३-० को स्पष्ट जित निकाल्दै लिगमा सुखद पुनरागमन गरेको हो ।
यो सिजन सोसिडाडले ६ खेल गुमाइसकेको छ । लेगानेसको घरेलु मैदानमा आइतबार राती सोसिडाडलाई जिताउन ब्रिस मेन्डेज, मिकेल ओयारजाबल र एन्डर बारेनले एक-एक गोल गरे ।
फराकिलो जितले सोसिडाड अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । ला लिगाको अर्को खेलमा एथ्लेटिक क्लबले भियारियाललाई २-० ले हराउँदा ओसासुना र डेपोर्टिभो अलाभेसले २-२ बराबरी खेल्दै अंक बाँँडे । जितसँगै एथ्लेटिक क्लब चौथो स्थानमा उक्लिएको छ भने हारले भियारियाल एक स्थान तल झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान