शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

मानव सेवा आश्रमको भवन निर्माणका लागि प्रधानमन्त्रीद्वारा एक महिनाको तलब दान

आइतबार, २३ मङ्सिर २०८१, २० : १५
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठुलो अरू कुनै सिद्धान्त नभएको बताएका छन् । आइतबार झापाको मेचीनगर नगरपालिका-४, बाहुण्डांगी स्थित मानवसेवा आश्रमको उद्घाटन तथा मानवीय स्मारक शिलान्यास कार्यक्रममा सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले मानवलाई सुख प्रदान गर्ने काम सबै भन्दा ठुलो भएको भन्दै मानवता भन्दा ठुलो अरु कुनै सिद्धान्त नभएको बताए । उनले राम्रो सिद्धान्त र व्यवहारको अन्तिम निष्कर्ष भनेको मानवलाई सुख प्रदान गर्नु भएकाले मानव सेवाको भावनालाई सबै पक्षले साथ सहयोग गर्न आग्रह गरे । मानव सेवा आश्रमको नवनिर्मित भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब दान गर्ने घोषणा पनि उनले गरेका छन् ।

मानव सेवा आश्रमको भवन निर्माणका लागि मेचीनगर–४ का स्थानीय रामबहादुर प्रधानले २ बिगाहा ५ कट्ठा जमिन निःशुल्क प्रदान गरेका छन् । कार्यक्रममा जग्गादाता रामबहादुर प्रधानका परिवारलाई प्रम ओलीले सम्मान–पत्र प्रदान गरे । मानवसेवा आश्रमको १९ औँ शाखा अन्तर्गत मेचीनगरको बाहुण्डांगीमा हाल ५० जना सडक आश्रित मानवहरू आश्रयमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप