काभा पुरुष क्लब भलिबल : हेल्प नेपालको दोस्रो जित
काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लबले घरेलु मैदानमा जारी काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार हेल्प नेपालले आफ्नै देशको गण्डकी प्रदेशलाई हराउँदै दोस्रो सफलता निकालेको हो । हेल्प नेपालले गण्डकीलाई ३–१ को सेटमा हरायो । जितसँगै दुई खेलबाट हेल्प नेपालले पाँच अंक जोडेको छ । दुई हार सामना गरेको गण्डकीको समान खेलबाट एक अंक छ । पहिलो खेलमा दुई सेटमा अग्रता जोगाउन नसक्दा गण्डकीले हार व्यहोरेको हो । गण्डकीले माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ को हार व्यहोरोको थियो । आफ्नै घरेलु प्रतिद्वन्द्वी हेल्प नेपालसँग पनि गण्डकी पराजित हुन पुग्यो । पहिलो दुई सेट आफ्नो पक्षमा पार्दै हेल्प नेपाल सहज जिततर्फ अग्रसर थियो ।
पहिलो दुई सेट हेल्प नेपालले २५–१५, २५–२३ ले सहजै आफ्नो पक्षमा पार्यो । तर तेस्रो सेट भने गण्डकीले २५–२३ ले आफ्नो बनायो । यद्यपि, हेल्प नेपालले चौथो सेट २५–१६ ले सहजै आफ्नो बनाउँदै विजयीयात्रा जारी राख्यो । हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकट हिरोजमाथि ३–२ को सेटमा जित निकालेको थियो । हेल्प नेपालले अब बुधबार क्लब एचडिसीसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीले भने इरानको यु–१८ टोलीसँग प्रतिस्पर्धा गर्ने तय छ । आइतबार नै इरानको यु–१८ टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३–२ को सेटमा हराउँदै सुखद सुरुवात गरेको छ ।
इरानी टोलीले पहिलो सेट २५–१६ ले सहजै आफ्नो बनाएको थियो । तर दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो । यो सेट क्लब एचडिसीले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पनि एचडिसीले २५–२० ले आफ्नो बनाउँदै अग्रता लियो । तर चौथो सेट इरानी युवा टोलीले २५–२० ले आफ्नो बनाउँदै सेट २–२ को बराबरीमा ल्याए । निर्णायक तथा पाँचौं सेट पनि इरानी टोलीले १५–१३ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागद्वारा कालीमाटीमा आउने तरकारीको रातभर बसेर विषादी परीक्षण
-
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता शनिबार
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ