लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर
आइतबार, २३ मङ्सिर २०८१, १९ : ०३

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालले ८ बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालनमा ल्याएको हो ।
योसँगै अब हप्ताको सातै दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।
सञ्चालनमा ल्याइएको नयाँ थिएटरमा १ जनरल अपरेसन तथा २ वटा मेजर अपरेसन रुम रहेको ढकालले जानकारी दिए । छुट्टै थिएटर सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्मेलन
-
बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए
-
कर्फ्यु लागेसँगै कोटेश्वर सडकमा सेना
-
जडीबुटी उत्पादन कम्पनीमा आगजनी, सुरक्षाकर्मी पुग्न सकेनन् (तस्बिरहरू)
-
गल्ती भयो भन्दैमा गणतन्त्रभन्दा पछाडि फर्किन सकिँदैन : विप्लव
-
‘द्रौपदी’ दोस्रो सातामा, आम्दानीको लेखाजोखा आइतबार आउने