झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ । काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।
झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुईजना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी
-
आतङ्कवादी हमलाको निसाना बनेको पहलगाम : जहाँ कैयौँ चर्चित फिल्म छायाङ्कन भए
-
सरकारी वकिल र महान्यायाधिवक्ता विभाजन आवश्यक
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित