प्रधानमन्त्री ओलीले गरे दमकमा ‘भ्यु टावर’को उद्घाटन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गरेका छन् ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किलोमिटर दुरीमा पर्ने १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । यसअघि दमक भ्यु टावरका नामले चिनिएको उक्त कम्प्लेक्सलाई अहिले दमक व्यापारिक कम्प्लेक्स भन्न थालिएको छ ।
चार बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए । प्रधानमन्त्री अोली दमक पुग्दा रास्वपाका नेता कार्यकर्ताले कालो झण्ड देखाउनुका साथै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले रास्वपाका केही नेता कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैदल यात्रुको मृत्यु प्रकरण : ६ दिनसम्म किन जलाइएन शव ?
-
भारतका लागि नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई
-
जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
-
राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु : संयोजक सुवेदी
-
नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
सिमरा सेजमा सञ्चालन भएको उद्योग ३ सातामै बन्द