कृषि बिमा गर्नुअघि दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने
![कृषि बिमा गर्नुअघि दुर्घटना बिमा अनिवार्य, अनुदान नपाइने](https://rpcdn.ratopati.com/media/albums/Bima-Pradhikaran_XiP72FvLaw.jpg)
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले कृषि क्षेत्र अन्तर्गतका चार वटा बिमालेख जारी गरेको छ । प्राधिकरणले केही स्वीकृत गरेको उक्त बिमालेख आइतबार सार्वजनिक गरेको हो । यसरी जारी भएका नयाँ बिमालेखहरुमा उखु बिमालेख, मौरी बिमालेख, कफी खेती बिमालेख रहेका छन् ।
प्राधिकरणले जारी गरेको उक्त बिमालेखलाई बिमा कम्पनीहरूले हु–बहु रूपमा लागु गर्नुपर्ने प्राधिकरणका निर्देशक पूजन ढुङ्गेलले जानकारी दिइन् । कृषि बिमा अन्तर्गतका यी बिमालेखले सम्बन्धित बाली प्रोत्साहनका लागि सहयोग गर्ने निर्देशक ढुंगेलको भनाइ छ ।
उखु खेती बिमालेखमा आगलागी, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङको कारणले भएको क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति समावेश छन् ।
चारवटै प्रकारको बिमामा आगलागी, हावाहुरीजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङको कारणले भएको क्षति, जङ्गली जनावरको आक्रमणबाट भएको क्षति र रोग तथा किराको कारणले भएको क्षति समावेश छन् ।
बिमालेखमा बिमकले कम्तीमा २ लाखसम्मको दुर्घटना बिमा अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तो दुर्घटना बिमाका लागि २०० रुपैयाँ बिमाशुल्क निर्धारण गरिएको छ । कृषि बिमासँगै जोडिएर आए पनि यो शुल्कमा भने अनुदान नपाइने बिमा प्राधिकरणले प्रस्ट पारेको छ । एउटै व्यक्तिले एकभन्दा धेरै कृषि बिमा गरेको अवस्थामा फरक फरक दुर्घटना बिमा आवश्यक नभएको प्राधिकरणले प्रस्ट पारेको छ ।
उल्लेखित बिमालेख अन्तर्गत हुने अन्य अप्रत्यक्ष क्षति, अधिकारप्राप्त निकायको आदेशमा नष्ट गरिएको अवस्था, विकिरणयुक्त पदार्थका कारणले भएको क्षति, आणविक हतियारबाट भएको क्षति लगायतमा भने बिमाको दायित्व बहन नगर्ने प्राधिकरणले प्रस्ट पारेको छ ।
उता, दुर्घटना बिमा अन्तर्गत त्यस्तो व्यक्तिको आत्महत्या, स्पाइनल इञ्जुरी, एक वा दुवै हातको नाडी वा खुट्टाको गोली गाँठोभन्दा माथिको पुरै खुट्टा काम नलाग्ने भएमा यस्तो बिमा रकम प्राप्त गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाविरुद्ध बोल्दा २३ हजार डलर जरिवाना, दुर्घटनामा आमाबुवासमेत घाइते
-
बबरमहल जलमग्न : काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
-
पीआईडीले पनि भन्यो– विद्युत् प्राधिकरणका ठेकेदारका कारण बबरमहल जलमग्न
-
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
-
पाँच शीर्षकमा विनियोजित खर्च कटौती गर्न अर्थ मन्त्रालयको परिपत्र
-
श्रीलंकासँग ४९ रनले हार्यो अस्ट्रेलिया