दुर्गा प्रसाईंलाई केएमसी अस्पतालमा सारियो
_9D7kNyco0u.jpg)
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सिनामंगलस्थित केएमसी अस्पतालमा सारिएको छ । सर्वोच्च अदालतको आदेशले उनलाई हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सिफारिसमा उनलाई केएमसीमा सारिएको केन्द्रीय साइबर ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । मंसिर ४ मा पक्राउ परेका प्रसाईंमाथि सीआईबीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दै छौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एउटा टेलिकम कम्पनीमा लगानी गरेको दाबी गर्दै कागजात सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
उनलाई थप ३ दिन हिरासतमा राख्न आइतबार काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्यान्डमा हुने ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि आवेदन आव्हान
-
आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री
-
महाभूकम्पको एक दशकपछि यस्तो बन्यो लाप्राक नमुना बस्ती (तस्बिरहरू)
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी
-
भूकम्पको १० वर्ष पहिले र अहिले : तस्बिरमा जे देखियो
-
आतङ्कवादी हमलाको निसाना बनेको पहलगाम : जहाँ कैयौँ चर्चित फिल्म छायाङ्कन भए