शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

यी ६ बानीले तपाईंको सम्बन्ध त बिगारिरहेको छैन ?

आइतबार, २३ मङ्सिर २०८१, १६ : ०८
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । आफ्नो सम्बन्धमा हामीमध्ये हरेकले केही न केही समस्याको सामना गरिरहेका हुन्छौँ । हालैको एउटा अनुसन्धानमा पनि ६० प्रतिशत मानिसहरुले आफ्नो सम्बन्धमा कुनै न कुनै समस्याको सामना गरिहरेको र यसको मुख्य कारण उनीहरूको खराब बानी हुने भनेर देखाएको छ । समय  बित्दै जाँदा यी बानीले सम्बन्धलाई त हानि गर्छ नै आपसी प्रेम, विश्वास र सम्मान पनि गुम्दै जान्छ ।

आफ्नो कस्ता बानीले हाम्रो सम्बन्धलाई असर गरिरहेको छ भन्ने कुरा धेरै पटक हामी आफैले पनि बुझ्दैनौँ । नबुझेपछि त आफ्ना खराब बानीहरूलाई बेवास्ता गर्नु स्वाभाविक नै हो । अनि समयसँगै सम्बन्धमा झन् झन् दूरी आउँदै जान्छ । आजको  यस लेखमा हामीहरू समय बित्दै जाँदा आपसी सम्बन्धलाई सम्बन्धलाई विषाक्त बनाउने यस्तै केहीबारे कुराकानी गर्नेछौँ ।

  • कुराकानीलाई बेवास्ता गर्ने

कहिलेकाहीँ स–सानो कुरालाई बेवास्ता गर्दा पनि सम्बन्धमा दरार आउन सक्छ । तपाईंले पार्टनरको कुरालाई महत्त्व दिनुहुन्न वा बेवास्ता गर्नुहुन्छ भने तपाईँले उसको भावना बुझिरहेको छैन भन्ने उसलाई महसुस हुन थाल्छ । समय छँदै यी समस्यालाई सुल्झाउनु अनि पार्टनरको कुरालाई बेवास्ता नगर्नुस् ।

  • अत्यधिक नियन्त्रण

सम्बन्धमा माया र विश्वास देखाउनुको सट्टा पार्टनरले अर्काको हरेक गतिविधिलाई निगरानी गर्न थाल्छ भने, यसले सम्बन्धमा व्यक्ति निसास्सिन थाल्छ । हरेक साना–ठुला कुरालाई नियन्त्रण गर्ने अनि आफ्नो पार्टनरको स्वतन्त्रतालाई सीमित गर्दा सम्बन्ध विषाक्त बन्न सक्छ ।

  • मौन रहने

स–सानो झगडा भयो तर पार्टनर यसमा केही नबोली उठेर गयो भने पनि स्थिति बिग्रन सक्छ । चुपचाप बस्नु वा नबोल्नु कहिलेकाहीँ सम्बन्धको लागि नकारात्मक हुन सक्छ । यसले उल्टै दुरी बढाउने काम मात्रै गर्छ ।

  • आफ्ना भावनालाई दबाउने

पार्टनरसामु आफ्ना भावनाहरू व्यक्त नगर्ने पा र यसलाई दबाउने गर्दा सम्बन्धमा असन्तुष्टि जन्मिन्छ । यो बानीले सम्बन्धमा दुरी बढाउँछ अनि आपसी समझदारी पनि घटाउँदै जान्छ । यसका कारण घरको वातावरण नै विषाक्त बन्न सक्छ ।

  • एक अर्कालाई दोष लगाउने

कुनै पनि समस्याको समाधान खोज्नुको सट्टा तपाईंहरू एक अर्कामाथि दोष थोपर्नु हुन्छ भने यसले सम्बन्धमा तगारो खडा गर्छ । एक अर्कालाई दोष लगाउनुको सट्टामा परिस्थितिलाई बुझ्ने प्रयास गरेर समाधान खोज्नुहोस् ।

  • झुटो बोल्ने

कुनै पनि सम्बन्धको आधार विश्वास हो । तपाईंले आफ्नो पार्टनरसँग झुटो बोल्नुभयो वा उसलाई धोका दिनुभयो सम्बन्धमा दरार आउँछ । इमानदारी र विश्वासले मात्र सम्बन्ध बलियो हुन्छ । कुनै पनि सम्बन्धमा यी दुईको कमी भयो भने सम्बन्ध बिस्तारै कमजोर हुँदै जान्छ र एक अर्कासँग दुरी बढ्न थाल्छ । त्यसैले, सधैँ सत्य बोल्नु र एकअर्कालाई विश्वास गर्नु पनि निकै जरुरी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप