बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

धेरै फलफूल खानु हुन्छ ? शरीरलाई हुन सक्छन् यस्ता हानी

आइतबार, २३ मङ्सिर २०८१, १५ : ३५
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । फलफूल स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाइने भिटामिन, मिनरल्स अनि फाइबर हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक पनि छन् । तर कुनै पनि चिज आवश्यकताभन्दा धेरै खानु राम्रो होइन । चाहे त्यो खानेकुरा फलफूल नै किन नहोस् । धेरै फलफूल खानु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

फलफूलमा पाइने फ्रुक्टोट मोटोपना, दाँतमा संक्रमण र पाचनमा गडबडीको कारण बन्न सक्ने विज्ञहरू बताउँछन् । तपाईँ आफ्नो वजन घटाउन चाहनु हुन्छ वा स्वस्थ रहन चाहनु हुन्छ भने ज्यादा फलफूल खानुको सट्टा सम्पूर्ण रूपमा सन्तुलित पौष्टिक आहार खानुहोस् । डाइट ट्रेन्डलाई सोच विचार फलो गर्नु हुन्न ।

के भन्छन् विज्ञ ?

मानिसहरू छिटै तौल घटाउन धेरै फलफूल खान्छन् । तर यस्तो गर्ने सल्लाह विज्ञहरूले फिटिक्कै दिँदैनन् । धेरै फलफूल खानु हाम्रो लागि हानिकारक हुन सक्ने मानिन्छ । फलफूलमा फ्रुक्टोज हुन्छ । जसका कारण मोटोपना बढ्छ ।

धेरै फलफूल खायो भने के हुन्छ ?

आवश्यकताभन्दा धेरै फलफूल खाँदा पाचनमा गडबडी, पखाला लाग्नेजस्ता समस्या आउन सक्छ । फलफूलमा फाइबर र प्राकृतिक चिनी हुन्छ । यसको असर हाम्रो स्वास्थ्यमा देखिन्छ । फलमा पाइने प्राकृतिक एसिड र चिनीले दाँतका लागि समस्या उत्पन्न गराउन सक्छ । यसका कारण दाँत बिग्रिन सक्छन् । यसमा पाइने प्राकृतिक चिनीले रगतमा चिनीको मात्रा बढाउन सक्छ । मधुमेहका बिरामीका लागि धेरै फलको सेवन हानिकारक हुन सक्छ ।

दिनभरमा कति फल खानु पर्छ ?

विज्ञहरूका अनुसार एक दिनमा ४–५ सर्भिङ मात्रै फलफूल खानु पर्छ । फलफूलको साथमा तरकारी, बोक्रा नफ्याकेको अन्न, गेडागुडी, रुख बिरुवामा आधारित प्रोटिनलाई पनि आफ्नो खानामा समावेश गर्नु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप