शाहरुख–सलमानसँग फिल्म खेल्न तयार छन् आमिर

नयाँ दिल्ली । आफू शाहरुख खान र सलमान खानसँग एउटा फिल्ममा काम गर्न तयार रहेको बलिउड अभिनेता आमिर खानले बताएका छन् । तर, तीनै जना राम्रो स्क्रिप्टको पर्खाइमा रहेको पनि उनले बताए । सलमान र शाहरुखसँग आफूले ६ महिनाअघि सँगै फिल्म गर्ने कुरा गरेको पनि उनले रेड सी फिल्म फेस्टिभलमा बताए ।
‘६ महिनाअघि कतै हामी सँगै थियौँ अनि यसबारे कुरा गरेका थियौँ । वास्तवमा म त्यति व्यक्ति थिएँ जसले यसबारे पहल गरेको थियो । मैले शाहरुख र सलमानलाई भनेको थिएँ कि हामी तीन जनाले एक साथ फिल्म खेलेनौँ भने यो साँच्चै दुःख हुनेछ,’ आमिरको भनाइ थियो । बलिउडका तीन ठुला कलाकारलाई ठूलो पर्दामा सँगै देख्ने सम्भावना लामो समयदेखि फ्यानहरूबिच चर्चाको विषय बनिरहेको छ । आमिरका अनुसार शाहरुख र सलमान पनि यसका लागि तयार छन् ।
सही कथाको पर्खाई
‘तीन जनाले सँगै फिल्म गर्नुपर्छ भन्ने महसुस हामी सबैले गरेका छौँ । आशा छ यस्तो छिट्टै हुनेछ । तर यसका लागि सही खालको कथाको आवश्यकता छ । यही कारणले हामी सही स्क्रिप्ट पर्खिरहेका छौँ,’ आमिरले भनेका छन् ।
पहिला पनि देखाएका थिए सँगै काम गर्ने इच्छा
यसअघि पनि आमिरले शाहरुख र सलमानसँग काम गर्ने इच्छा व्यक्त गरेका थिए । ‘द ग्रेट इन्डियन कपिल शो’को एउटा एपिसोडमा एक जना फ्यानले आमिरलाई सलमान र शाहरुखसँग फिल्म खेल्नेबारे सोधेका थिए । यसको जवाफमा अभिनेताले भनेका थिए, ‘तिमी र मेरो सोच उस्तै छ । मैले भर्खरै ती दुबैलाई भेटेँ अनि उनीहरूलाई भने – हामी तीन जना फिल्म उद्योगमा आएको यतिका वर्ष भयो । करियरको यति लामो अवधिमा हामीले एक साथ फिल्ममा खेल्न नसक्नु नसक्दा दर्शकका लागि कत्ति गलत होला । एउटा फिल्म त गर्नै पर्छ ।’
आमिर खान यतिबेला ‘लाहोर १९४७’ को निर्माणमा व्यस्त छन् । यो फिल्मका निर्देशक राजकुमार सन्तोषी हुन् । यस फिल्मको मुख्य अभिनेता सनी देओल रहेका छन् । आमिरले अर्को फिल्म पनि बनाइरहेका छन् । यसमा उनका छोरा जुनैद खान र दक्षिण भारतीय अभिनेत्री साई पल्लवी मुख्य भूमिकामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय