काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा क्राफ्ट र डिजाइन अध्ययन गरिरहेका विद्यार्थीले तयार गरेका विभिन्न कलाकृतिको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ ।
डिसेम्बर १० सम्म चल्ने प्रदर्शनीमा विद्यार्थीद्वारा सृजना गरिएका दर्जनौँ कलाकृति प्रदर्शनमा राखिएको हो । नेपालको आफ्नै मौलिक कलालाई आधुनिकतासँग जोडेर कलाकृति तयार पारिएको विद्यार्थीहरूले जानकारी दिएका छन् ।
प्रतिक्रिया