कर्मचारीतन्त्र खेलौनाजस्तो भएको छ : मुख्यसचिव अर्याल

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीतन्त्र खेलौनाजस्तो भएको बताएका छन् । सोमबार निजामती विधेयकमाथि राज्यव्यवस्था समितिमा भएको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यो विधेयक पास नहुँदा समस्या सिर्जना भयो । राजनीतिक सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयन भएन ।’
उनले पछिल्लो समय जनता र सरकारबिच ग्याप सिर्जना भएको बताए । कर्मचारीमा उच्च मनोबल नहुँदा जनतालाई सेवा दिन नसकिएको बताउँदै त्यसैले यो विधेयक आवश्यक रहेको बताए । अर्यालले भने, ‘ कानुनको अभावमा स्थायी संयन्त्र भनिए पनि यो अस्थायी जस्तै भयो ।’
कानुन अभावले प्रदेश मन्त्रालयमा कर्मचारी खटाउन नसकिएको बताउँदै उनले अहिले २ सय जना कर्मचारीले पेन्सन पट्टा गर्न नपाएको बताए । मुख्यसचिव अर्यालले चाँडोभन्दा चाँडो विधेयक टुङ्गो लगाए सङ्घीयता कार्यान्वयन हुने बताउँदै त्यसो गरिए कर्मचारीतन्त्र पद्धतिगत ढङ्गले अघि बढ्ने बताए ।
उनले भने, ‘कर्मचारी तन्त्र खेलौनाजस्तो भएको छ । कर्मचारीतन्त्र बलियो नभए कसरी हुन्छ ? जनताले अपेक्षा गरे अनुसार कर्मचारीतन्त्र बनाउन यो विधेयक चाँडो टुङ्गो लागोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा