तीन जना मृत अवस्थामा फेला
आइतबार, २३ मङ्सिर २०८१, १३ : ५०

काठमाडौँ । कास्की, लम्जुङ र रोल्पा जिल्लामा तीन जना मृत अवस्था फेला परेका छन् ।
- कास्की, मादी गाउँपालिका-१२ रूदीदोभानस्थित मादी खोलामा पोखरा महानगरपालिका-२७ अर्चले बस्ने १८ वर्षीय मन्दिप लामिछाने शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- लमजुङ, मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरस्थित मर्स्याङ्दी नदीको पाखामा सोही गाउँपालिका-४ सिलढुङ्गा बस्ने ३० वर्षीय रोशन गुरुङ शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रोल्पा, सुकिदह गाउँपालिका-३ चामी बस्ने सल्यान बाघचौर नगरपालिका-७ गाराकोट घर भएका ७० वर्षीय मन बहादुर दमाई सल्यान पारीखर्कबाट सुकिदह जाने कच्ची सडक तल खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार