सिरियाको घटनाक्रमबारे के भन्छन् अमेरिकी राष्ट्रपति बाइडेन ?

वासिङ्टन डीसी । यतिबेला सिरियामा उथलपुथल भइरहेको छ । विद्रोहीहरूले राजधानी कब्जा गरेपछि राष्ट्रपति बशल अल–असल देश छाडेर भागेका छन् ।
यसैबिच अमेरिकाले सिरियामा भएको घटनाक्रमलाई लिएर प्रतिक्रिया दिएको छ । सिरियामा भइरहेका अनपेक्षित घटनाहरूको निगरानी गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएको ह्वाइट हाउसले भनेको छ ।
यसैबिच सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले आफू दमास्कसमा रहेको र जनताको हितमा काम गर्न तयार रहेको बताएका छन् । ‘सिरिया एउटा सामान्य देश जस्तै बन्न सक्छ जसको आफ्ना छिमेकी र विश्वका अन्य देशहरूसँग राम्रो सम्बन्ध होस् ।’
सामाजिक सञ्जालमा राखिएको सन्देशमा उनले भनेका छन् । सिरियाली शहर देइर अजोरमा सरकारी सेनाले आफूहरूसमक्ष आत्मसमर्पण गरेको विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा बताएको छ ।
यो घोषणा विद्रोही समूह सहरमा प्रवेश गरेको खबर आएको एक मिनेटपछि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण
-
युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर