एआईजी केदार ढकाल अवकाशमा
_e5ZAwxHSi1.jpg)
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार ढकाल अवकाशमा गएका छन् । प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा कार्यरत ढकालले मङ्सिर २१ बाट अवकाश पाएका हुन् ।
उनी प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर ढकाल अवकाशमा गएका हुन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएपछि अवकाशमा जान्छन् । नेपाल प्रहरीका अर्का एआईजी भिमप्रसाद ढकाल पनि यसै महिना अवकाशमा जाँदै छन् ।
२०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका ढकाल मङ्सिर २७ मा अवकाश हुँदैछन् । ढकालले आईजीपी कुँवरसँगै नाम निकाले पनि ६ महिना ढिला नियुक्ति पाएका थिए ।
उपत्यका प्रहरी कार्यालयकी प्रमुख (एआईजी) किरण बज्राचार्य पनि अर्को महिना अवकाशमा जान लागेकी छन् । उनी पुस १५ मा अवकाशमा जाने प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनी आईजीपी कुँवरसँगै प्रहरीमा प्रवेश गरेकी हुन् । बज्राचार्य पनि उमेर हदका कारण अवकाश हुन लागेकी हुन् ।
भीम ढकालको अवकाशसँगै प्रहरीमा दुई वटा एआईजीको दरबन्दी रिक्त हुनेछ । रिक्त दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘भीम ढकाल अवकाश हुनुभन्दा एक साताअघि बढुवा सिफारिस गर्न मिल्ने कानुनी व्यवस्था भएको हुनाले तत्काल बढुवा सिफारिस हुने सम्भावना देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कुलमानबारे निर्णय हुने सम्भावना
-
कर्णाली प्रदेश सभा : सांसद प्रश्न राखेको राख्यै, मन्त्री जवाफ नदिने
-
‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष