युक्रेनका लागि ९९ करोडको सहायता प्याकेज तयार पार्दै अमेरिका
आइतबार, २३ मङ्सिर २०८१, १३ : २४

वासिङ्टन डीसी । अमेरिकाले युक्रेनलाई दिन करिब ९९ करोड अमेरिकी डलर बराबरको सहायता प्याकेज तयारी पार्दैछ । रुससँग जारी लडाइँमा सघाउन अमेरिकाले शनिबार रकेट, ड्रोनसमेतका नयाँ हातहतियार र उपकरणहरू गरेर ९८ करोड ८० लाख डलरको सहायता प्याकेज सार्वजनिक गरेको थियो ।
यो प्याकेज अमेरिकाको सञ्चिति हातहतियारबाट झिक्नुको सट्टा उद्योगसँग किनेर युक्रेनलाई हतियार सहायता दिने भनेर राष्ट्रपति जो बाइडेनको प्रशासनले उपलब्ध गराएको २ अर्ब २१ करोड डलर बराबरको युक्रेन सुरक्षा सहायता पहल (यूएसएआई)को हिस्सा भएको बताइएको छ ।
यो सहायता उपलब्ध गराएसँगै यो कोषको रकम घटेर आधामा आउनेछ । सन् २०२२ को सुरुमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिकाले युक्रेनलाई ६२ अर्ब डलर बराबरको सुरक्षा सहायताको वाचा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण