बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

अमेरिकी सहायक विदेशी मन्त्रीले पूर्वप्रधानमन्त्रीहरुलाई भेट्दै

आइतबार, २३ मङ्सिर २०८१, १३ : २३
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । दुई दिने नेपालमा भ्रमणमा आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज पूर्वप्रधानमन्त्रीहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । मध्य तथा दक्षिण एसिया मामिला हेर्न सहायक विदेश मन्त्री लुले आज २ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटदैछन् भने ३ बजे माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेट्दैछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लु पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेटेर पाँच बजे भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्न जाने कार्यक्रम रहेको छ । अवलोकनपछि उनी साँझ द्वारिका होटेलमा फर्किने कार्यक्रम रहेको बताइएको छ ।

भोलि उनको प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेटघाटको कार्यक्रम रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाट कार्यक्रम भने पौडेल अस्वस्थ्य रहेका कारण स्थगित गरिएको बताइएको छ ।

सहायक विदेशमन्त्री लु श्रीलङ्का एयरलाइन्सको युएल १८१ नम्बरको उडानबाट ११ः३० बजे नेपाल आइपुगेका हुन् । उनले अहिले द्वारिका होटेलमा नेपालस्थित अमेरिकी दूतावासका अधिकारीहरूसँग छलफल गरिरहेको स्रोतले जनाएको छ । 

नेपालमा बीआरआईको विवाद चलिरहेको बेला सहायक विदेश मन्त्री लुको भ्रमण भएको हो । उनले यसअघि पनि पटक पटक नेपाल भ्रमण गरिसकेका छन् । यसअघि उनी गत वर्ष असार २९ गते नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री प्रचण्डलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । 

त्यतिबेला पनि उनी भारत, बङ्गलादेश, श्रीलङ्काको भ्रमणमा निस्केका थिए । सोही क्रममा उनी नेपाल आएका थिए । यसपटक पनि उनी श्रीलंका र भारतको भ्रमण सकाएर नेपाल आएका हुन् ।  नेपालका लागि उनको यो चौथो भ्रमण हो । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए । त्यसबेला एसपीपीको विवाद संसदमा चलिरहेको थियो । उनले त्यतिबेला सो समाधानका लागि शीर्ष नेताहरूलाई भेटेका थिए । 

त्यसपछि उनी दोस्रो पटक २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला पनि एसपीपीको विवाद संसदमा चलिरहेको थियो ।   तत्कालीन सरकार एसपीपीको पक्षमा थिएन । त्यसका लागि उनले पटक–पटक नेपाल भ्रमण गरेर नेताहरूलाई दबाब दिएका थिए ।  भ्रमणमा नआउँदा पनि नेपालका शीर्ष नेताहरूसँग उनले पटक–पटक फोन संवाद गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?