नागार्जुनबाट ९ जना जुवाडेहरू पक्राउ
आइतबार, २३ मङ्सिर २०८१, १२ : ५२

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित गैरी गाउँबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रिड मोडल स्कुल नजिकै रहेको हर्कबहादुरको घरमा सञ्चालित जुवा खालबाट उनीहरूलाई पक्राउ गरेको हो ।
जुवाखालबाट २ लाख ९९ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा गोरखा घर भएका दोर्जे लामा, हर्कबहादुर गुरुङ, राजु गुरुङ, पेम्बा ग्याल्वो, थिले लामा, मनाङको चामे घर भएकी रञ्जना लामा र विजय माया गुरुङसहित ९ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक हस्तक्षेप र स्वार्थको मारमा ‘घरेलु ओलम्पिक’
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन